Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पर्यटनमन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    पर्यटनमन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ ।

    निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।



    निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत मागेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।



    डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको व्यहोरासहितको उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार