Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भोलि अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका यातायात बन्द हुने

    भोलि अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका यातायात बन्द हुने

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोलि वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन सबै प्रकारका यातायात बन्द हुने भएका छन् ।

    निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि सबै प्रकारका यातायात बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।



    अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालनमा आउने आयोगले जनाएको छ ।



    निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालनमा रहनेछन् ।

    चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

    पत्रकारहरुको हकमा सूचना बिभागबाट जारी गरिएको प्रेस पास देखाएर समाचार संकलनका लागि सबारी साधन चलाउन पाइने निर्वाचन आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार