Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तनहुँको व्यासमा ९९ वर्षीय बिर्ख सिंह गुरुङ्गले गरे पहिलो मतदान, स्टेचरमा बोकेर पुर्याइएको थियो मतदानस्थल

    तनहुँको व्यासमा ९९ वर्षीय बिर्ख सिंह गुरुङ्गले गरे पहिलो मतदान, स्टेचरमा बोकेर पुर्याइएको थियो मतदानस्थल

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.3K
    SHARES

    तनहुँ । स्थानीय तह निर्वाचनको दिन आज बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ ।

    मतदानका लागि बृद्धदेखि युवासम्म बिहानै मतदानस्थलमा पुगेर लाइन बसेर मत खसाल्दै छन् । पूर्वा प्रधानमन्त्रीदेखि, सभामुख र शिर्ष नेताहरुले पनि मतदान गरिरहेका छन् ।



    सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले आ–आफ्ना मतदान स्थलबाट मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने अहिलेसम्म मतदान गरेका छैनन् ।



    तनहुँको व्यास नगरपालिका–८ रिस्तिको फेदी वडा कार्यालयमा ९९ वर्षीय बिर्ख सिंह गुरुङ्गले पहिलो मतदान गरेका छन् । सिंहलाई मतदान गराउन स्टेचरमा बोकेर मतदानस्थल पुर्याइएको थियो । हिड्न नसक्ने उनले मतदान केन्द्रमै पुगेर मत खसालेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार