Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पाकिस्तानसँगको मित्रतामा चीनले भन्यो– कुनै तेस्रो शक्तिले हामीलाई अलग गर्न सक्दैन

    पाकिस्तानसँगको मित्रतामा चीनले भन्यो– कुनै तेस्रो शक्तिले हामीलाई अलग गर्न सक्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी। पाकिस्तान र चीनले आफ्नो मित्रतालाई अझै अगाडि बढाउने सहमति गरेका छन् । दुवै देशले परम्परागत मित्रतालाई निरन्तरता दिने र कुनै तेस्रो शक्तिलाई सम्बन्ध तोड्न नदिने बताएका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन।



    रेडियो पाकिस्तानको रिपोर्ट अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीबीच भएको भर्चुअल भेटलाई उल्लेख गर्दै चाओ लिजियानले दुई नेताले रणनीतिक साझेदारी र सहयोगलाई अझ सुदृढ गर्न सहमत भएको बताएका छन्।



    चाओ लिजियानले पाकिस्तानमा नयाँ सरकार आएपछि दुई विदेशमन्त्रीबीचको यो पहिलो भेट भएको बताए । जसमा पाकिस्तानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाबारे पनि छलफल भएको थियो ।

    चाओ लिजियानले पाकिस्तानमा जुनसुकै सरकार आए पनि पाकिस्तानसँग मित्रता कायम रहने बताए । उनले पाकिस्तानका विदेशमन्त्रीले आफ्नो सम्बोधनमा चीन–पाकिस्तान मित्रता देशको विदेश नीतिको आधारशिला भएको कुरा दोहोर्‍याएको बताए ।

    यसका साथसाथै यो पाकिस्तानको रणनीतिक प्राथमिकता पनि हो। चाओ लिजियानले पाकिस्तानमा आर्थिक र वित्तीय स्थायित्व कायम गर्न पाकिस्तान सरकारको प्रयासलाई चीनले समर्थन गरिरहने बताए। बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार