Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मतदान सकिएपछि गोरखाको ताराखसेमा गोली चल्यो, कर्मचारी घाइते

    मतदान सकिएपछि गोरखाको ताराखसेमा गोली चल्यो, कर्मचारी घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    सांकेतिक तस्विर

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसेस्थित सिद्धकाली मावि मतदान केन्द्रमा गोली चलेको छ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् ।



    उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।



    गोरखाका एसपी केदार खनालले भने–‘माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे । झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’

    मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए । निर्वाचन कार्यक्रम सकेर बाक्सा मिलाउने क्रममा माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरेपछि प्रहरीले गोली चलाएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार