Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, एक जना घाइते

    वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, एक जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    रुपन्देही । मतदानको केही समयमात्र बाँकी हुँदा रुपन्देहीको मर्चवारी गाउँपालिका–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ ।

    विस्फोटपछि पाण्डेयको घरमा क्षति पुगेको मर्चवारी गाउँपालिका एमालेका अध्यक्ष उम्मेदवार कमलेस यादवले बताए ।



    बम विस्फोटमा परि पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि भैरहवामा लगिएको छ । निर्वाचन सकिन लागेको समयमा दिउसो ४ बजेतिर विस्फोट भएको बताइएको छ ।



    यसैबीच संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्रनजिकै विस्फोट भएको छ। चैनपुर नगरपालिका–४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्याङमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार