Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्थानीयले मतपेटिका नै बोकेर भागेपछि..

    स्थानीयले मतपेटिका नै बोकेर भागेपछि..

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.9K
    SHARES

    रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयबासीले मतपेटिका नै बोकेर भागेका छन् । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

    यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो ।



    तर, मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।



    त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार