Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सत्ता गठबन्धनले हिंसा मच्चाएको ओलीको आरोप, कब्जा भएका ठाउँमा पुनः मतदान गराउन ध्यानाकर्षण

    सत्ता गठबन्धनले हिंसा मच्चाएको ओलीको आरोप, कब्जा भएका ठाउँमा पुनः मतदान गराउन ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।

    ओलीले शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् ।



    स्थानीय तहको निर्वाचन सकिएपछि एक विज्ञप्ति जारी गर्दै ‌ओलीले प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको  जनाएका छन् ।



    उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    ओलीले विज्ञप्तिमा भनेका छन्, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत ग-यो ।’

    उनले मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरेर उजुरी गरिएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार