Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • उदयपुरमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु , प्रहरी जवानसहित दुई जना घाइते

    उदयपुरमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु , प्रहरी जवानसहित दुई जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    उदयपुर । कांग्रेस कार्यकर्तासँग बिबाद हुँदा प्रहरीले चलाएको गोली लागेर कटारी नगरपालिका–१० सोरुङ्गछबिसेमा शुक्रबार एक युवकको मृत्यु भएको छ । झडपका क्रममा एक बालक र प्रहरी जवान घाइते भएका छन् ।

    प्रहरीले चलाएको गोली छातीमा लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको हो । मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज रहेको खुलेको छ ।



    खुट्टामा गोली लागेका अर्का १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका छन । उनी घरमा बसिरहेका थिए । झडपमा टाउकोमा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् ।



    मतदान प्रक्रिया सकेपछि दलका कार्यकर्ताबीच विवाद उत्पन्न भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको प्रहरीको भनाइ छ । मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दैगर्दा एक्कासी बाहिरबाट ढुगांमुढा हुन थालेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

    प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ ।

    मतपेटिका भने सुरक्षित रहेको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले वताएका छन् । त्रियुगा नरपालिका–१२ पुरानो गाईघाट मावि मतदान केन्द्रमा वर्षाको कारण ढिलाइ भएर विवाद भए पछि मतदान पुन:  गर्ने गरी रद्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार