Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

    मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

    योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।



    मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।



    निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार