Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बंलादेशले लगायो सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

    बंलादेशले लगायो सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.1K
    SHARES

    file photo

    एजेन्सी । बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

    बङ्गलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ ।



    त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो ।



    सरकारको कार्यक्रमलाई सहयोग गर्न पनि त्यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    बङ्गलादेशको केन्द्रीय बैंकले विलासिता र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार