Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु, तीनजना पक्राउ

    सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।

    मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो ।



    शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।



    कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् ।

    घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार