Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री एबं कांग्रेस सभापति देउवाले मतदान गरेकै वडामा कांग्रेस पछाडि

    प्रधानमन्त्री एबं कांग्रेस सभापति देउवाले मतदान गरेकै वडामा कांग्रेस पछाडि

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 798
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पछि परेको छ ।

    देउवाले मत हालेको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवाले २५१ मत पउँदा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ ।



    त्यस्तै नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । सो वडामा ६ सय मत गनिएको छ । प्रधानमन्त्री देउवा सोही वडाका मतदाता हुन् ।



    यता, देउवाकै गृहनगर गन्यापधुरामा भने कांग्रेसको फराकिलो अग्रता कायमै छ । २००० मत गणना हुँदा गाउँपालिका प्रमुखमा कांग्रेसका इन्द्रबहादुर कार्कीले ११०२ मतका साथ अग्रता लिइरहेका छन् । कार्कीलाई पछ्याइरहेका कांग्रेस बीपीका सुरेन्द्र बहादुर मालीले ४९७ मत पाएका छन् ।

    मालीलाई कांगेसबाट विद्रोह गरेको कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी)बाट अध्यक्षको उम्मेदवार बनाएको हो । गन्यापधुरामा कांग्रेस बीपीलाई एमालेले समर्थन गरेको छ ।

    गन्यापधुराको अध्यक्षमा एकीकृत समाजवादीबाट नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट र राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार