Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भरतपुर महानगरपालिकाको मतगणना सुरू

    भरतपुर महानगरपालिकाको मतगणना सुरू

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1K
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो।

    एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए ।



    यहाँ गठबन्धन माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् ।



    तर, असन्तुष्ट बनेको नेपाली कांग्रेसले जगन्नाथ पौडेललाई मेयरको उम्मेदवार बनाएको छ । पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार