Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मनाङको नेस्याङ गाउँपालिकामा एमालेका कान्छा विजयी, यस्तो छ ९ वटा वडाको मतपरिणाम

    मनाङको नेस्याङ गाउँपालिकामा एमालेका कान्छा विजयी, यस्तो छ ९ वटा वडाको मतपरिणाम

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । कान्छा यसअघि पनि अध्यक्ष थिए ।

    अध्यक्षका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ले ७ सय १३ मत ल्याए । उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् ।



    कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।



    बडामा को–को भए विजयी ?
    वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् ।

    वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् ।

    वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् ।

    वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् ।

    वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । प्र तिद्वन्द्वीएमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् ।

    वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् ।

    वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् ।

    वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् ।

    वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार