Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 795
    SHARES

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वारागुङ मुक्तिक्षेत्रको वडा ४ बाहेक अन्य वडामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजय भएका छन्। उनको प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत पाए ।



    त्यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङले ७४९ मत ल्याई विजय भइन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरिन्।



    वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा १,३ र ५ मा वडाध्यक्षसहित एमालेको प्यानल विजय भएका छन् भने वारागुङ ५ मा कांग्रेसले वडाध्यक्ष र एक सदस्य जितेको छ। यहाँ एमालेका २ जना सदस्य विजय भएका छन्। यस्तै, वारागुङ मुक्तिक्षेत्र–४ मा भने नेपाली कांग्रेसले वडाध्यक्षसहितको प्यानल विजय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार