Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शेख खलिफाको निधनमा अमेरिका–बेलायतलगायत यी देशका नेता युएई पुगे

    शेख खलिफाको निधनमा अमेरिका–बेलायतलगायत यी देशका नेता युएई पुगे

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएई)का दिवंगत राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानलाई श्रद्धाञ्जली अर्पण गर्न विश्वभरका नेता र अधिकारीहरू युएई पुगेका छन्।

    शेख खलिफा बिन जायद अल नाह्यानको शुक्रबार निधन भएको थियो । त्यसपछि शनिबार शेख मोहम्मद बिन जायद अल नाह्यानलाई उनको उत्तराधिकारी बनाइएको छ ।



    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि युएई भ्रमणको घोषणा गर्ने शीर्ष नेताहरूमा छन्। म्याक्रोन आइतबार युएई पुग्नेछन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि श्रद्धाञ्जली दिन आइतबार युएई जानेछन् ।



    उपराष्ट्रपति कमला ह्यारिसको नेतृत्वमा अमेरिकी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि युएई जानेछ । ह्यारिसले यहाँ युएईका नयाँ राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग पनि भेट गर्नेछन्।

    यससँगै जोर्डनका राजा अब्दुल्लाह द्वितीय, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी, ट्युनिसियाका राष्ट्रपति काइस सईद, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शाहबाज शरीफ, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले पनि युएई भ्रमणको घोषणा गरेका छन् ।

    शेख खलिफाको ७३ वर्षको उमेरमा निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार