Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी

    पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ निर्वाचित भएका छन् । उनले कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।



    उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत प्राप्त गरेका छन् ।



    निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार