Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धनौजीमा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

    धनौजीमा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

    धनुषाको धनौजी गाउँपालिका स्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानीयहरुको विरोधमा मतगणना स्थगित भएकाे हो।



    धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगन भएकाे हो।



    स्थानीयबासीले मतपेटिका परिवर्तन गरेको भन्दै विरोध गरिरहेका छन्।

    मतगणना स्थल अहिले तनावग्रस्त अवस्था रहेको छ भने मतदान अधिकृतविरुद्ध नाराजावी र प्रदर्शन भैरहेको बताइएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार