Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

    स्थानीय तह निर्वाचन : भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 867
    SHARES

    अछाम । बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लाेकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।

    टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए । बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।



    टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।



    उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार