Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मोदीको लुम्बिनी भ्रमण : अरूण–४ आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर

    मोदीको लुम्बिनी भ्रमण : अरूण–४ आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न  समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी भ्रमण गर्न आएको अबसरमा यो समझदारी भएको हो।



    प्रधानमन्त्री शेरबहादुर देउवा र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।



    भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी भ्रमण गर्न आउँदा यो समझदारी भएको हो।

    भारतको कुसीनगरबाट सोमबार बिहान हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई  देउवाले स्वागत गरेका थिए।

    प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त अवधारणाापत्र तयार पारिएको थियो। त्यसैबमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरूण–४ को निर्माण अघि बढाउन लागिएको हो।

    नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनामा जस्तै अरूण–४ बाट पनि नेपालले मासिक २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने उल्लेख छ ।

    आयोजनाको अनुमानित लागत करिब ७९ अर्ब १२ करोड रूपैयाँ छ।

    भारतीय प्रधानमन्त्रो मोदी आजै भारत फर्कदैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार