Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आर्थिक मन्दि खेपिरहेको श्रीलंकामा भीषण बाढी

    आर्थिक मन्दि खेपिरहेको श्रीलंकामा भीषण बाढी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । श्रीलंकामा भिषण बाढी आउँदा ६०० भन्दा बढी परिवार प्रभावित भएका छन् । शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण श्रीलंकामा भीषण बाढी आएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सो बाढीपछि श्रीलंकाका विभिन्न स्थानमा पहिरोसमेत गरेको छ । राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ ।



    यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित भएका छन् ।



    यहाँका मौसमसम्बन्धी अधिकारीले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    रतनपूरा जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार