Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्थानीय चुनाव : २३५ पालिकाको अन्तिम परिणाम सार्वजनिक

    स्थानीय चुनाव : २३५ पालिकाको अन्तिम परिणाम सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा सार्वजनिक भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेका छन् ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।



    यस्तै कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।



    एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार