Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले महासचिव पोखरेलकाे आराेप – प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाँडियो

    एमाले महासचिव पोखरेलकाे आराेप – प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाँडियो

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 966
    SHARES

    काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाडेकाे आराेप लगाएका छन् ।

    मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए ।



    उनले सरकार पक्षले नै एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरूलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए ।



    महासचिव पोखरेलले भने,’प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ ।’

    जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै भएको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार