Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पार्टी अल्पमतमा परेको भन्दै माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

    पार्टी अल्पमतमा परेको भन्दै माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् ।

    उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।



    कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयाे । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न परेकाे हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार