Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • किस्पाङ गाउँपालिकाको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी

    किस्पाङ गाउँपालिकाको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ विजयी भएका छन् । माओवादीसँग तालमेल गरेको एमालेले गाउँपालिका प्रमुखमा जित हाँसिल गरेको हो ।

    अध्यक्षमा वीरबल तामाङले ३ हजार ६३८ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत पाएर पराजित भएका थिए । अध्यक्ष तामाङले १ सय ८६ मतले लामालाई पराजित गराए ।



    त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन न्यौपाने विजयी भए । न्यौपानेले ३ हजार ७ सय १२ मत ल्याई कांग्रेसकी दिलकुमारी मोक्तानलाई पराजित गराए । मोक्तानले ३ हजार १७७ मत ल्याएकी थिइन् । ५ सय ३५ को मतान्तरले उपाध्यक्षमा न्यौपाने विजयी भएका थिए ।



    किस्पाङ गाउँपालिकाको १, ४ र ५ वडामा कांग्रेस, २ र ३ वडामा माओवादी केन्द्रले जितको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार