Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • गजुरी र मिक्लाजुङमा माओवादी तथा अग्नीसाइर कृष्णासवरणमा एमालेका उम्मेदवार निर्वाचित

    गजुरी र मिक्लाजुङमा माओवादी तथा अग्नीसाइर कृष्णासवरणमा एमालेका उम्मेदवार निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार अमरराज माखिम र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्मा निर्वाचित भएका छन् ।

    आज सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार एमालेका नरेन्द्रकुमार बस्नेतलाई २ हजार ३९ मतान्तरले हराउँदै माखिम अध्यक्ष पदमा निर्वाचित भएका हुन् । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार २६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित माखिम २०७४ सालमा पनि अध्यक्ष पदमै विजयी भएका थिए ।



    उपाध्यक्षमा एमालेकी धनमाया सारु मगरलाई २ हजार २ सय ७० मतान्तरले हराउँदै सेर्मा निर्वाचित भएका हुन् । सेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा सारुलाई ३ हजार ३ सय ७२ मत प्राप्त भएको छ । उपाध्यक्षमा निर्वाचित सेर्मा भने मिक्लाजुङ २ को वडाध्यक्ष थिए । उनी कांग्रेसको मिक्लाजुङ गाउँपालिका सभापति पनि हुन् ।



    अग्नीसाइर कृष्णासवरणको अध्यक्षमा एमालेका चौधरी विजयी
    सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

    निर्वाचित अध्यक्ष दिनानाथले ४ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी परशुरामले ३ हजार ८ सय ८८ मत प्राप्त गरे ।

    त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ४ हजार २ सय १६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४ सय ५९ मत प्राप्त गरिन् । सो पालिकाकी निवर्तमान उपाध्यक्ष मिना चौधरीले स्वतन्त्र उम्मेदवारी दिए पनि ४ सय २८ मत मात्र प्राप्त गरिन् ।

    ६ वटा वडा रहेको सो पालिकामा ३ वटा वडाका अध्यक्षमा नेपाली कांग्रेस, २ वडाध्यक्षमा एमाले र एउटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।

    गजुरीमा माओवादीका श्रेष्ठ विजयी
    गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले चार हजार ५१ मत ल्याए ।

    त्यस्तै उपाध्यक्षमा विजयी भएकी विसुरालले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरिन् । अध्यक्षमा पराजित बस्नेत २०७४ सालको निर्वाचनमा विजयी भएका थिए भने उपाध्यक्षमा विजयी विसुराल पराजित भएका थिए ।

    गजुरी गाउँपालिकाको वडा नं १, ५, ६, ७, ८ को वडा अध्यक्षमा माओवादी केन्द्र र वडा नं २, ३, ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार