Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गेरुवा र मादीमा कांग्रेस, इन्द्रावतीमा, विष्णुपुर र गल्छीमा एमाले तथा चौतारा र सुनछहरीमा माओवादी विजयी

    गेरुवा र मादीमा कांग्रेस, इन्द्रावतीमा, विष्णुपुर र गल्छीमा एमाले तथा चौतारा र सुनछहरीमा माओवादी विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । बैशाख ३० गते सम्बन्न निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने १४६ पालिकाको विजय हाँसिल गरेर नेपाली कांग्रेसले पहिलो पार्टी बनेको छ भने दोस्रोमा रहेको नेकपा एमालेले ९७ पालिकामा जित हाँसिल गरेको छ ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रले ७१, नेकपा एकीकृत समाजवादीले ४, जनता समाजवादी पार्टीले तीन र स्वतन्त्र सहित अन्यले ८ पालिकामा जित हाँसिल गरेका छन् ।



    यस्तो छ पछिल्लो नतिजा
    रोल्पाको सुनछहरीमा फेरि पनि माओवादी
    रोल्पाको सुनछहरी गाउँपालिकामा पुनः माओवादी केन्द्रले जितेको छ । गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुनमगरले ३ हजार ४ सय ३९ मत प्राप्त गरेर विजयी भएका हुन् ।



    उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका चन्द समूहका नेता पुस्तमन घर्तीमगरलाई १ हजार ९ सय १४ मतान्तरले पराजित गरेका हुन् । एमाले, कांग्रेससहितको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला सचिव घर्तीमगरले १ हजार ५ सय २३ मत पाएका हुन् ।

    उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीमगरले ३ हजार ४ सय ९२ मत ल्याएकी छन् । मगरका प्रतिद्वन्द्वी कांग्रेसका कोबहादुर बुढामगरले १ हजार ६ सय ११ मत ल्याएका हुन् । अघिल्लो पटक उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः माओवादी केन्द्रकै आशबहादुर पुन रक्तिम र पवित्रा घर्तीमगरले जितेका थिए ।

    चौतारामा माओवादीका सापकोटा र इन्द्रावतीमा एमाले नेपाल निर्वाचित
    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयरमा नेकपा एकीकृत समाजवादीका सीता थापा निर्वाचित भएका छन् । यहाँ २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले एकलौटी जितेको थियो । यसपटक भने माओवादी र समाजवादीले चुनावी तालमेल गरेका थिए ।

    मेयरमा निर्वाचित सापकोटाले ११ हजार ७२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ र नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २ सय ४५ मत पाएका छन् ।

    त्यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीकी थापाले ९ हजार ७ सय २६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८७७ मत र नेपाली कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५ हजार ७ सय ६० मत पाएकी छिन् ।

    त्यसैगरी, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४६३ मत ल्याएर पराजय बेहोरेका छन् ।

    निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हुन्, भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याएका छन् । अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग केही मतले हारेका नेपाल यसपटक यही पदमा दोहोर्‍याएका थिए ।

    मादीमा कांग्रेसका देवीजंग विजयी
    कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गरेका हुन् । देवीजंगले ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गरे ।

    उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित भएकी छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गरिन् । कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गरे ।

    विष्णुपुरमा एमालेका यादव निर्वाचित
    सिराहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)की गीता कुमारी सिंह निर्वाचित भएका छन् । एमालेका यादवले जसपाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई ४१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    विजयी यादवले २ हजार १ सय ५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका यादवले २ हजार १ सय १७ मत प्राप्त गरे ।

    उपाध्यक्षमा भने जसपाकी गीता कुमारी सिंह निर्वाचित भइन् । उनले २ हजार २ सय ७२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला कुमारी यादवले १ हजार ९ सय ६९ मत प्राप्त गरिन् ।

    गल्छीमा एमालेका खतिवडा निर्वाचित
    धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरे ।

    उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका तिवारी विजयी ७ हजार ४ सय ९४ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरिन् ।

    श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस पटक भने दुवै जनाले पराजय भोग्नु परेको छ ।

    गेरुवामा कांग्रेसका केसी निर्वाचित
    बर्दियाको गेरुवा गाउॅपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका जमान सिंह केसी र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । केसी दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका विश्व बहादुर थारुलाई पराजित गरे ।

    केसीले ७ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका थारुले ६ हजार ६ सय २० र एमालेका भरत बहादुर धामीले १ हजार ८ सय ५१ मत प्राप्त गरे ।

    उपाध्यक्षमा कांग्रेसकी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । माओवादीकी लिला चौधरीले ६ हजार ५ सय ८३ मत र एमालेकी मन्जु शर्माले २ हजार २ सय ४३ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार