Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्डको निर्वाचन क्षेत्र माडीको मेयरमा एमालेकी महतो र उपमेयरमा कांग्रेसका खेम निर्वाचित

    प्रचण्डको निर्वाचन क्षेत्र माडीको मेयरमा एमालेकी महतो र उपमेयरमा कांग्रेसका खेम निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पर्ने चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

    एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।



    महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।



    उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके ।

    माडीमा कृष्ण पौडेलले कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेवारी दिएका थिए । उनले ३ हजार ८६ मत ल्याए ।

    एमालेबाट निर्वाचित बनेकी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार