Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निर्वाचनको दिन संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा चार जना पक्राउ

    निर्वाचनको दिन संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले बैशाख ३० गते स्थानिय निर्वाचनको दिन नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् ।



    उनीहरुले बैशाख ३० गते राती २ बजे सिलिन्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको खुलेको थियो । त्यसपछि सिलिन्डर विष्फोट भएको थियो ।



    विष्फोटको जिम्मा नेकपा विप्लव समूहबाट चोइटिएको  नेपाल कम्युनिष्ट पार्टी (सिवादी )ले  लिएको थियो ।

    घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस समेत प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार