Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • टोखा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

    टोखा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकामा नेकपा एमालेले मेयर र नेपाली कांग्रेसले उपमेयरमा बिजय हासिल गरेको छ ।

    मेयरमा एमालेका प्रकाश अधिकारी १० हजार ३४० मतसहित निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका मुरारी तामाङ ६१४ मतान्तरले निर्वाचित भएका छन्।



    कांग्रेसकी रजनी थापा १० हजार १६६ मत पाएर अधिकारीसँग पराजित भइन्। उनी १७४ मतान्तरले पराजित भएकी हुन्।



    उपमेयरमा तामाङले १० हजार १३२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।

    काठमाडौंको पालिका प्रमुखमा एमालेको यो पहिलो जित हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार