Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै एमालेका ओजबहादुर बने छत्रेश्वरीको प्रमुख

    कांग्रेस जिल्ला सभापतिलाई हराउँदै एमालेका ओजबहादुर बने छत्रेश्वरीको प्रमुख

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 921
    SHARES

    काठमाडौं । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकी विजयी भएका छन् । उनले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए ।

    अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् ।



    त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् । नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले भने १ हजार ९ सय ८८ मत ल्याए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार