Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ४१० स्थानीय तहको नतिजा सार्वजनिक : कुन दलले कति स्थानमा जिते ?

    ४१० स्थानीय तहको नतिजा सार्वजनिक : कुन दलले कति स्थानमा जिते ?

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शनिबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ ।

    कांग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गर्दा अझै पनि १४ प्रमुख र १८ अध्यक्ष पदमा अग्रता लिएको छ ।



    यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । समाजवादीले ५ स्थानमा प्रमुख पदमा अग्रता कायम गर्दा अध्यक्ष पदमा १४ स्थानमा अग्रता बनाएको छ ।



    यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ । यस्तै २७ स्थानमा अग्रता हासिल गर्दा १४ स्थानमा अध्यक्ष पद जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार