Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कर्णेल हबिबलाई कसले स्वागत गरेको थियो ?

    नेपालमा रहस्यमय रूपमा बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल कहाँ छन् ? प्रहरीकै मौनता !

    नेपालमा रहस्यमय रूपमा बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल कहाँ छन् ? प्रहरीकै मौनता !

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं। पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहीर करिब पाँच वर्षअघि नेपालबाट रहस्यमय रूपमा बेपत्ता भएका थिए । उको हालसम्म कुनै पत्ता लागेको छैन । उनी जागिरको अन्तर्वार्ताका लागि नेपाल आएका थिए र आजसम्म उनको बेपत्ताको कथा रहस्यमै छ ।

    पाँच वर्षपछि उनको बेपत्ता हुनुको रहस्य बुझ्न हामीले नेपालका खोज पत्रकार, प्रहरी र प्रशासनिक अधिकारीहरूसँग कुरा गर्यौं। ती व्यक्तिहरू त्यतिबेला उच्च पदमा बसिरहेका थिए वा यस विषयमा रिपोर्टिङ गरिरहेका थिए। कर्नेल हबिबले जुन रुट लिएको भनिन्छ, त्यही रुटमा हामीले नेपाल भ्रमण गरेका थियौं ।



    पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहीर अप्रिल २०१७ मा लाहोरबाट ओमान हुँदै नेपालको राजधानी काठमाडौं आएका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । त्यहाँबाट उनी भारतीय सीमाभन्दा केही किलोमिटर टाढा लुम्बिनी जानुपर्ने थियो । त्यसका लागि उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट अलि टाढा रहेको स्थानीय विमानस्थल पुगेका थिए ।



    लुम्बिनी विमानस्थल भारतीय सिमानाबाट मात्र ५ किलोमिटर टाढा छ । सोही विमानस्थलबाट निस्किएपछि कर्णेल हबिबले आफ्नो परिवारलाई टेक्स्ट म्यासेजमार्फत सम्पर्क गरेका थिए । नेपालले लेफ्टिनेन्ट कर्णेल हबिब बेपत्ता भएको भन्दै विशेष अनुसन्धान समितिमार्फत अनुसन्धान गरेको थियो ।

    तर, त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसबेला नेपाल प्रहरीका नायव प्रमुख नवराज सिलवाल थिए । हाल उनी संसद सदस्य छन् । उनले यो विषय अझै समाधान नभएको हुँदा नयाँ ढंगमार्फत थप अनुसन्धान गर्नुपर्ने बताए ।

    यद्यपी उनले घटनाबारे केही बताउन मानेनन् । उनी भन्छन्, ‘म प्रहरीमा हुँदा कार्यालयको गोपनियताको शपथ लिएर काम गरेँ । अहिले राजनीतिमा आएपछि त्यसबेलाको घटनाबारे बोल्न मिल्दैन ।’

    राजन भट्टराई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार थिए । अनुसन्धानबाट कर्णेल हबिब नेपालमा नभएको उनको भनाइ छ । उनले  भने, ‘सरकारले त्यसबेला छानबिन गर्न समिती बनाएको थियो ।  कर्णेल हबिब नेपालबाट बेपत्ता भएको भन्ने सरकारको विश्वास थियो तर उनी नेपालमा छैनन् । ‘

    पाकिस्तान सरकारले कर्णेल हबिब बेपत्ताको सम्बन्धमा भारततर्फ औंल्याउँदै  ‘शत्रु गुप्तचर एजेन्सीहरूको हात’ रहेको आरोप लगाएको थियो।

    अर्कोतर्फ यस विषयमा भारतले नेपालबाट पाकिस्तानका पूर्व कर्णेल बेपत्ता भएको कुरा सुनेको  तर योभन्दा बढी केही थाहा नभएको बताएको छ ।

    भारतलगायत धेरै देशका गुप्तचर निकाय नेपालमा सक्रिय छन् । नेपालको गृह मन्त्रालय र प्रहरी अधिकारीहरूसँग पनि कुरागर्दा यस विषयमा कोही बोल्न तयार भएनन् । अधिकारीहरू यो विषय धेरै पुरानो भएको र यसबारे केही थाहा नभएको बताउँछन् ।

    नेपाल दक्षिण एसियाली सहयोग सङ्गठन ‘सार्क’ को सदस्य राष्ट्र भएको थाहा छ । भारत र पाकिस्तानसँग नेपालको राम्रो सम्बन्ध छ । कर्नेल हबिब  बेपत्ता प्रकरणमा  भारत र पाकिस्तानबीचको विवादमा नेपाल फस्न चाहँदैन ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का  पूर्व प्रमुख हेमन्त मल्ल विभिन्न कारणले नेपाल विदेशी गुप्तचर निकायको गतिविधिको केन्द्र बनेको वताउँछन् । भारतीय जासुसी एजेन्सीको हलचल यहाँ देखिएको उनी बताउँछन् । पाकिस्तान र चीन पनि यहाँ सक्रिय छन्। पश्चिमा मुलुकका आ–आफ्नै प्राथमिकता छन् ।

    उनी भन्छन्, ‘नेपाल कहिलेकाहीँ उनीहरूको गतिविधिमा फसेको छ। कयौं पटक दुई देशको मामिलामा नेपाल यति फसेको छ कि के गर्ने, कता जाने भन्ने नै थाहा छैन । नेपालका एजेन्सीहरू व्यावसायिक रूपमा दक्ष छैनन्, जसका कारण कहिलेकाहीँ बाहिरका एजेन्सीहरूले यहाँ समस्या सिर्जना गर्छन्।’

    कर्नेल हबिब बेपत्ता हुनुमा कुनै न कुनै गुप्तचर निकायको संलग्नता रहेको सामान्य धारणा रहेको छ । यस विषयमा मैले खोज पत्रकार सरोजराज अधिकारीलाई भेटेँ । उनले नेपालमा विदेशी गुप्तचर निकायको गतिविधिबारे दुईवटा पुस्तक लेखेका छन् ।

    उनको विचारमा नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव निकै फराकिलो छ, यहाँ उनीहरुको गहिरो प्रवेश छ । उनी भन्छन्, ‘भारतको विरुद्धमा जानेले न राजनीतिमा प्रगति गर्न सक्छ, न प्रहरी र कर्मचारीतन्त्रमा प्रगति गर्न सक्छ भन्ने यहाँका जनतालाई लाग्छ । प्रशासनको माथिल्लो पदको बारेमा सामान्य बुझाइ छ कि भारतलाई खुसी नराख्ने हो भने त्यहाँ पुग्न सकिँदैन। यहाँ हरेक क्षेत्रमा भारतको प्रभाव र प्रवेश छ । ‘

    त्यो व्यक्ति को थियो ? 
    कर्णेल हबिब जहीरले काठमाडौंबाट लुम्बिनीको आन्तरिक उडान गरेका थिए । त्यसको टिकट उनलाई काठमाडौंमा रिसिभ गर्ने व्यक्तिले दिएको हो ।

    लु विमानमा चढ्नुअघि कर्नेल हबिबले जहाज नजिकै आफ्नो फोटो पनि खिचेका थिए । तर त्यो तस्बिर सेल्फी होइन, अर्कै व्यक्तिले खिचेको हो । सायद ती व्यक्ति उनीसँगै काठमाडौंबाट जाँदै थिए । त्यो व्यक्ति यस मामलामा एक धेरै महत्त्वपूर्ण लिङ्क हो।

    कर्णेल हबिब जहीरलाई संयुक्त राष्ट्र संघमा जागिरको अन्तर्वार्ताका लागि लुम्बिनी बोलाइएको थियो । यो कुनै प्रकारको जाल जस्तो देखिन्छ।

    लुम्बिनी नेपाल र भारतको सीमावर्ती सहर हो। बुद्ध धर्मको शुरुवात गर्ने गौतम बुद्ध यहीं जन्मेका थिए । यहाँ विश्वभरबाट बुद्ध धर्मका अनुयायीसहित ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन् ।

    विश्वबाट गौतम बुद्धका हजारौं अनुयायीहरु यहाँ मन्दिर हेर्न आउने गर्दछन् । यो विशेष धार्मिक स्थल हो।

    लुम्बिनी विमानस्थल भारतीय सिमानाबाट मात्र ५ किलोमिटर टाढा छ । कर्णेल हबिबले यही विमानस्थलबाट बाहिरिएपछि अन्तिम पटक आफ्नो परिवारलाई मेसेजमार्फत सम्पर्क गरेको बताइएको छ ।
    सरोजराज अधिकारी कर्णेल हबिबलाई भारततर्फ लगिएको अशंका गर्छन् । ‘मलाई लाग्छ कि उनलाई सीमाको दक्षिण (भारत) तर्फ लगिएको हुनुपर्छ, उनी भन्छन्, ‘हेर्नुस् भारतले यहाँ के गर्छ, त्यसको सुराग छोड्छ, जसले गर्दा यसले यहाँ कति प्रभाव र गहिरो प्रवेश छ भनेर देखाउन सक्छ। ‘

    उनी भन्छन्, ‘छ/सात वर्ष रोक्नुहोस्। अक्षय कुमारको कुनै फिल्म आउने सम्भावना छ, जसमा कर्नेल हबिबको अपहरणको अपरेसन कसरी चल्यो भन्ने देखाइनेछ ।’

    नेपाल सरकारको अनुसन्धानले कुनै नतिजा नपुगेको होला तर एउटा कुरा प्रष्ट छ कि लेफ्टिनेन्ट कर्णेल हबिब जहीर लुम्बिनी विमानस्थल, भारतको सिमाना र लुम्बिनीको बीचमा कतै बेपत्ता भएका छन् ।

    तर उनीसँग यात्रा गर्ने व्यक्ति को थियो र उनलाई यहाँ कसले स्वागत गरेको थियो ? यी प्रश्नमा नेपालका सुरक्षा निकाय मौन छन् । यसरी कर्णेल हबिब बेपत्ता हुनु पाँच वर्षपछि पनि रहस्यमै छ ।

    (बीबीसी हिन्दीका लागि शकील अख़्तरले गरेको रिपोर्टिङलाई नेपालीमा गरिएको अनुबाद )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार