Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

    धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् ।

    मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका छन् ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।



    उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।

    नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार