Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकी उपमन्त्री काठमाडौं आउँदै

    अमेरिकी उपमन्त्री काठमाडौं आउँदै

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 2.2K
    SHARES

    काठमाडौँ । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् ।

    नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन् ।



    उक्त भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयले भने कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । परराष्ट्र स्रोतका अनुसार उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।



    अमेरिकाले नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार