Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मलंगवाको नगर मेयर र उपमेयरमा कांग्रेस विजयी

    मलंगवाको नगर मेयर र उपमेयरमा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

    नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् ।



    यस्तै, उपप्रमुखमा कांग्रेसकी शकुन्तलादेवी साह निकटतम प्रतिस्पर्धी भन्दा चार मत मात्रै बढी ल्याएर विजयी भइन् । साहले ५ हजार १४३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १३९ मत पाइन् ।



    सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार