Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मतपत्र च्यातेर अस्पताल पुगेका गोविन्दराज जोशीका छोरालाई श्रममन्त्रीको सान्तवना

    मतपत्र च्यातेर अस्पताल पुगेका गोविन्दराज जोशीका छोरालाई श्रममन्त्रीको सान्तवना

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 2.4K
    SHARES

    तनहुँ । नेकपा एमालेको समर्थनमा तनहुँको व्यास नगरपालिकाको मेयरमाम स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले मतदान केन्द्रमा पुगेर मतपत्र च्यातेको खुलासा भएको छ ।

    बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अनुगमनका लागि भन्दै मतदान केन्द्र पुगेका जोशीले मतपत्र च्यातेपछि कांग्रेसका कार्यकर्ताहरुले पिटेको खुलेको हो ।



    ब्यास नगरपालिका–८ स्थिति गाविस भवन फेदि ‘ख’ मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिट पछि टाउकोमा चोट लागेर घाइते भएका जोशीलाई सोहि दिन हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनको अहिले राजधानीथित फ्रण्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।



    झडपपछि रोकिएको उक्त क्षेत्रमा आज मतदान जारी छ ।

    अस्पतालको शैयाबाट आफूले निष्पक्ष र शान्तिपूर्ण रुपमा मतदान हुनुपर्छ भन्दा एक्कासी आक्रमण भएको बताइरहेका उनले अझै पनि झुटको खेती गरिरहेको खुलेको हो ।

    घटनापछि ३० गते प्रहरीले बनाएको मुचुल्कामा जोशीले मतपत्र च्यातेको उल्लेख छ । मतदान अधिकृतद्वय दामोदर कार्की र राजकुमार विष्ट, सहायक मतदान अधिकृतद्वय पुनम श्रेष्ठ र कुल बहादुर वर्देवा, प्रहरी सहायक निरीक्षक विक्रम दरै, सशस्त्र प्रहरी सहायक निरीक्षक जुन नारायण श्रेष्ठ, नेपाली कांग्रेसको तर्फबाट मतदान प्रतिनिधिद्वय हरिप्रसाद शर्मा र शंकर पौडेल तथा माओवादी केन्द्रको तर्फबाट मतदान प्रतिनिधि गुणराज पौडेलले हस्ताक्षर गरेको मुचुल्कामा जोशीले नै मतपत्र च्यातेको उल्लेख छ ।

    उक्त मुचुल्कामा भनिएको छ–‘ब्यास नगरपालिका वडा नं. ८ गाविस भवन फेदी ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत दामोदर कार्कीको नियन्त्रणमा रहेको दस्तखत गरिएको मतपत्र क्रमसंख्या LE-TNM-०१९३९०१ देखि LE-TNM-०१९४०० सम्मको १०० थान मतपत्र ब्यास नगरपालिका नगर प्रमुख स्वतन्त्र उम्मेदवार श्री दिपक राज जोशी, निजका साथ आएका प्रदिप अधिकारी र अर्जुन श्रेष्ठ समेतले खोजी निजहरुले च्यातेको र दिउसोको ठिक ३ बजेदेखि ४ बजेसम्म मतदान राकिएको व्यहोरा ठिक साँचो हो ।’

    मतपत्र च्यातेपछि कांग्रेसकै कार्यकर्ताबाट पिटाइ खाएका जोशीले अहिले भने अस्पतालको शैयाबाट मतदातालाई निर्भिकतापूर्वक मताधिकार प्रयोग गर्न अपिल गरेका छन् ।

    जोशी पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा हुन् ।

    मतपत्र च्यातेर अस्पताल भर्ना भएका जोशीलाई भेट्न पूर्व प्रहरी प्रमुखदेखि श्रममन्त्री किसान श्रेष्ठ समेत पुगेका छन् । किसान श्रेष्ठ सोही क्षेत्रका सांसद हुन् । संसदीय चुनावमा तत्कालिन नेकपा एमालेका नेता श्रेष्ठलाई जिताउन गोविन्दराज जोशीले आफ्नै नेता रामचन्द्र पौडेलविरुद्ध मोर्चाबन्दी गरेका थिए । सोही गुण तिर्न मन्त्री श्रेष्ठ दिपकराजलाई भेट्न अस्पताल पुगेको चार्चा हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार