Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल टी–२० लिग ८ असोजदेखि

    नेपाल टी–२० लिग ८ असोजदेखि

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिग आगामी असोज ८ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गरेको हो।

    आज एक कार्यकम आयोजना गर्दै क्यानले नेपालको आधिकारिक टी–२० लिग घोषणा गरेको हो । उक्त खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।



    असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।



    यसअघि प्रस विज्ञप्तीमार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गरेको थिएन । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएर क्यान आलोचित बनेको थियो ।

    पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिग घोषणा गर्न पाउँदा खुशी लागेको बताए ।

    क्यानको साधारण सभाबाट दुईपटकसम्म टी–२० लिग गर्न सरकारले स्वीकृति नदिंदा रद्द गर्ने कि भन्ने सोचमा समेत पुगेको उनले बताए । दुई वर्षको मिहिनेतपछि लिग घोषणा गर्न सफल भएको सुनाए ।

    आगामी १५ दिनमा टिम लगायत सबै कुरा घोषणा हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार