Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • १०८ मतले कांग्रेसका उम्मेदवारलाई हराउँदै २१ वर्षमै गाउँपालिका प्रमुख बने बशिष्ट कुमार

    १०८ मतले कांग्रेसका उम्मेदवारलाई हराउँदै २१ वर्षमै गाउँपालिका प्रमुख बने बशिष्ट कुमार

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्मको मतपरिणाम अनुसार बशिष्ट कुमार सबैभन्दा कम उमेरमा गाउँपालिकाको अध्यक्ष बनेका छन् ।

    पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।



    बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।



    उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार