Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धरान, पोखरा र ईशनाथको मत गणना अवरुद्ध

    धरान, पोखरा र ईशनाथको मत गणना अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिका, पोखरा महानगरपालिका र रौतहटको ईशनाथ नगरपालिकाको मत गणना रोकिएको छ ।

    नेकपा माओवादी केन्द्रका कार्यकर्ताले धरान–२० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो ।



    मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।



    यता, रौतहटको ईशनाथ नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि भएको बिवादका कारण गएरातिबाटै मतगणना रोकिएको हो । अहिले पनि ठूलो सख्यामा मतगणना स्थलमा स्थानीयबासी भेला भएका छन् ।

    विवाद बढेपछि नेकपा एकीकृत समाजबादी, नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् ।

    मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं। ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेपछि दलका कार्यकर्ताले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो ।

    त्यसैगरी पोखरामा भने वडा नम्बर ७ को मत गणनामा विवाद भएको हो । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।

    गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार