Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुर मतगणना : रेणु दाहालले २ हजार मतले पछि पारिन् विजय सुवेदीलाई

    भरतपुर मतगणना : रेणु दाहालले २ हजार मतले पछि पारिन् विजय सुवेदीलाई

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादीकी रेणु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर बढाएकी छन् ।

    अहिलेसम्म ३० हजार १५० मत गणना हुँदा दाहालले झण्डै दुई हजार बढी मतले लिड गरिरहेका छन् ।



    पछिल्लो अपडेट अनुसार दाहालले एक हजार ९९१ मतको अग्रता लिएकी छन्। ‍ उनले ११०४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ९०५६ मत ल्याएका छन्।



    कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याउका छन्।

    उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ७३५० मत पाएकी छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार