Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस महामन्त्री गगन थापालाई ठूलो धक्का बूढानीलकण्ठको मेयर र उपमेयरमा एमाले विजयी

    कांग्रेस महामन्त्री गगन थापालाई ठूलो धक्का बूढानीलकण्ठको मेयर र उपमेयरमा एमाले विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्रमा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

    थापाको क्षेत्र बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका हुन् । उपमेयरमा पनि नेकपा एमालेले नै विजयी प्राप्त गरेको छ ।



    अधिकारीले १४ हजार २ सय ५० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे ।



    उपमेयरमा विजयी एमालेकी अनिता लामाले १४ हजार ३ सय १४ मत प्राप्त गरिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।

    मेयर र उपमेयर नै एमालेले जितेपछि कांग्रेस महामन्त्री थापालाई भने ठूलो धक्का लागेको छ । बुढानिलकण्ठ थापाको निर्वाचन क्षेत्र हो । उनले सोही क्षेत्रबाट सांसद पद जितेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार