Online Nepal
  • सोमबार, २० असार २०७९
  • हेटौँडामा भेटियो ‘नो भोट’ लेखेको मतपत्र

    हेटौँडामा भेटियो ‘नो भोट’ लेखेको मतपत्र

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 345
    SHARES

    काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा-४ को मतगणनाको क्रममा मतपत्रमा ‘नो भोट’ लेखेको भेटिएको छ ।

    संविधानमा ‘नो भोट’ को प्रावधान भए पनि राजनीतिक दलहरूसहित सरकार उक्त संवैधानिक प्रावधान कार्यान्वयन गर्न आनाकानी गर्दै आएका वेला हेटौंडा उपमहानगरका मतदाताले मतपत्रमा हातैले लेखेर ‘नो भोट’ गरेका हुन् ।



    मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन्।

    मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार