Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कांग्रेसको गढ मानिएको मिनेन्द्र रिजालको क्षेत्र सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

    कांग्रेसको गढ मानिएको मिनेन्द्र रिजालको क्षेत्र सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्व. गिरिजाप्रसाद कोइरालादेखि आमोदप्रसाद उपाध्यायसम्मले चुनाव जितेको क्षेत्रमा पहिलो पटक एमालेले विजयी हासिल गरेको छ । कांग्रेसको गढका रुपमा मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले पहिलो पटक जित दर्ता गरेको हो ।

    सुनवर्षीको मेयरमा एमालेका श्याम राजवंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका छन् । राजवंशीले ८ हजार ६ सय ३९ मत ल्याएर विजय हुँदा कांग्रेसका यज्ञ कार्कीले ६ हजार ९५२ मत ल्याए ।



    त्यसैगरी उपमेयरमा एमालेकी केवरतले ८ हजार ३ सय ८३ मत ल्याउँदा कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत प्राप्त गरिन् ।



    यस क्षेत्रबाट गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्ययाले २०४६ यताका निर्वाचन जितेका थिए । अहिले यो क्षेत्रबाट मिनेन्द्र रिजाल संघीय सांसद छन् ।

    रिजालकै कारण कांग्रेसले हार व्यहोर्नु परेको असन्तुष्ट कांग्रेसीहरुको गुनासो छ । उनीहरुले रिजालले राम्रा नेता हुँदाहुँदै आफ्ना व्याक्ति टिकट दिंदा एमालेले किल्ला गाडेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार