Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आयोगले माग्यो-निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण

    आयोगले माग्यो-निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।

    आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुने गरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मत सङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिने, सही किसिमले मुचुल्का तयार नगर्ने जस्ता काम गर्ने कर्मचारीको विवरण मागेको हो ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा सुरक्षण सिल सही ढङ्गले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको सङ्ख्या र कम्प्युटरमा प्रविष्ट सङ्ख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ विपरीत मतपत्र सदर वा बदरको निर्णय गर्ने आदि गम्भीर प्रकृतिका गल्ती गरेको देखिएको उल्लेख छ ।



    यस्तो छ प्रेस विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार