Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

त्रिकोणात्मक श्रृङ्खलाका लागि १५ सदस्यीय क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्रिकेट लिग टू अन्तर्गत आसन्न त्रिकोणात्मक श्रृङ्खलाका लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृखलाका लागि घोषणा गरिएको टोलीमा सुनिल धमला र विनोद भण्डारीले पुनरागमन गरेका छन् ।

विश्वकप छनोटका रुपमा रहेको यस प्रतियोगिता ६ जुनदेखि १६ जुनसम्म हुनेछ ।

नेपाली टिमका खेलाडीहरू

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077