Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धुलिखेल नगरपालिकामा पुनः मतगणना स्थगित

    धुलिखेल नगरपालिकामा पुनः मतगणना स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि काभ्रेको धुलिखेल नगरपालिकामा पुनः मतगणना स्थगित भएको छ ।

    एउटै पदमा दुईवटा छाप लागेको मत बदर हुने कि के नहुने भन्ने विषयमा विवाद भएपछि रोकिएको मतगणना हिजो साँझबाट सुरु भएको थियो ।



    आज वडा नम्बर ११ को मत गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि पुनः मत गणना स्थगित भएको हो ।



    अर्धकट्टीसहितको मतपत्र भेटीएपछि स्वतन्त्र उमेदवार विदुर बस्नेतले विरोध गरेका थिए ।

    त्यसपछि मतगणना रोकिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार