Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै

    धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    सुनसरी । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् ।

    नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् ।



    साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ ।



    प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन् ।

    उनले ८ हजार ७१ मत पाएकी छिन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार