Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिला निर्वाचित

    लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिला निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला निर्वाचित भएका छन् ।

    मेयरमा गठबनधनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी शुशीला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी भएका हुन्।



    शाहिले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महादेव बजगाइँलाई २२९० फराकिलो मतले पछाडि पर्दै नगरप्रमुख पदमा विजयी बनेकी हुन।



    विजयी शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छ्न् भने बजगाइँले १० हजार ४३५ मत पाए ।

    त्यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादीकी जानकी सिंहलाई ३३९९ फराकिलो मतले पछि पार्दै विजयी भएकी हुन् ।

    विजयी चौधरीले ११ हजार ७०७ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी जानकी सिंहले ८ हजार ३०८ मत ल्याएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार